kumari
stcnepal

अहिलेसम्म कै मंहगो मुल्यमा भारतबाट विद्युत खरिद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोली शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ ।नेपाल विद्युत प्राधिकरणले आज बिहीबार पत्रकार सम्मेलन गरी भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको जानकारी दिएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महँगोमा बिजुली किन्न लागिएको बताएका छन् ।

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन् । भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन् ।

 

यस्तै, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतमा विजुली महँगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएकाले नेपालले भारतसँग महँगोमै भए पनि विजुली किन्ने सम्झौता भएको बताए ।

उनले भने, ‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट ७ हजार मेगावाट आवर बिजुली किन्छौँ ।’

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताए । अब विजुलीको समस्या नहुने उनको भनाइ रहेको छ ।

 

footer