kumari
stcnepal

प्रदेशको नाम राख्नका लागि सबै दलले साझा धारणा बनाउनुपर्ने : नेता राजीव कोइराला

विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नाम राख्नका लागि सबै दलले साझा धारणा बनाउनुपर्ने बताएका छन् ।

एमालेको सहमति बिना प्रदेशको नाम राख्न नसकिने बताउँदै उनले नाम करणका विषयमा साझा सहमति हुनुपर्ने बताए । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोलेका उनले एमालेको सहमति बिना कुनै पनि अवस्थामा प्रदेशको नामकरण टुंगो लगाउन नसकिने बताए । उनले सरकारलाई मितव्ययी बन्न आग्रह गरे । मन्त्रिपरिषद् ठूलो हुँदा खर्च बढ्ने उल्लेख गर्दै नेता कोइरालाले मितव्ययी बन्न आग्रह गरेका हुन् । ‘सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नुपर्छ,’ उनले भने, ‘हाम्रा मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जाँदा हुन्छ ।’

बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । बैठकमा प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले सरकारको तर्फ बाट प्रदेशको संचार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेका छन् ।

 

 

 

footer