kumari
stcnepal

आज चिनियाँ विदेशी मन्त्री ३ दिने नेपाल भ्रमणमा आउँदै

काठमाडाैं । चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् ।वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ ।

नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

 

 

footer