kumari
stcnepal

श्रीमतीको हत्या गरेको आरोपमा बुढानिलकण्ठ बाट एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् ।


घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी लक्ष्मीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । भक्तको प्रहार बाट गम्भीर घाइते भएकी लक्ष्मीलाई चुनिखेल स्थित करुणा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

आक्रमण लगत्तै फरार रहेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ बाट खटिएको प्रहरीको संयुक्त टोलीले हतियार सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

footer