प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीमतीको हत्या गरेको आरोपमा बुढानिलकण्ठ बाट एक युवक पक्राउ

624
shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् ।


घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी लक्ष्मीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । भक्तको प्रहार बाट गम्भीर घाइते भएकी लक्ष्मीलाई चुनिखेल स्थित करुणा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

आक्रमण लगत्तै फरार रहेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ बाट खटिएको प्रहरीको संयुक्त टोलीले हतियार सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports