kumari
stcnepal

प्रधानमन्त्री देउवा र नेता शेखर कोइराला बीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनै उनले आफूलाई समानान्तर समूह बनाएर अघि बढ्न दबाव आएको समेत सुनाएका थिए । जवाफमा सभापति देउवाले भने मिलेर अघि बढ्ने बताएको कोइरालका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसमा असन्तुष्ट शेखर समूहका नेताहरुले भने सभापतिले एकलौटी गर्दै गए भ्रातृ संगठनहरुमा समानान्तर समिति बनाउनुपर्नेमा जोड थिएका छन् ।

 

 

footer