kumari
stcnepal

नेपाल पपुवा न्यूगिनी विरुद्ध ६ रनले पराजित

काठमाडौं । एक दिवसीय क्रिकेटमा अहिले सम्मकै उच्च स्कोर बनाए पनि नेपाल पपुवा न्यूगिनी विरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ ।

पीएनजी सँग नेपालको यो पहिलो हार हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिले सम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएई विरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो । नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन ।

पीएनजी विरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन । ओपानर अनिल साह आठौं ओभरका व्यक्तिगत ६ रन बनाएर आउट भए । नवौं ओभरको अन्तिम बलमा डेब्युटान्ट देव खनाल खाता नखोली आउट भए भने एक छेउ बाट ईनिङ्स सम्हालेका कुशल भुर्तेल पनि दशौं ओभरकको पहिलो बलमै आउट भएपछि नेपालले ४५ रनमा तीन विकेट गुमाएको थियो । कुशलले २८ बल खेल्दै ६ चौकाको मद्दतमा ३२ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले नेपालको ईनिङ्स अघि बढाए ।

तर दीपेन्द्र पनि व्यक्तिगत १५ रन बनाएर १३ औं ओभरमा आउट हुँदा नेपाल ७३-४ को स्थितीमा पुग्यो । फेरि एक पटक रोहित र आरिफ शेखले नेपालको ईनिङ्सलाई सम्हाल्ने काम गरे । यी दुईले राम्रो साझेदारी गर्दै नेपालको रन गतिलाई अघि बढाए । उनीहरुले पाँचौं विकेटका लागि १०४ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि लिग टू मा पनि यझ जोडीले पाँचौं विकेटकै लागि १०० रनको साझेदारी गरेको थियो ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए । बलिङ तर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

 

 

 

 

footer