kumari
stcnepal

सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दावी : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दावी गरेका छन् ।

अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको उनको भनाइ छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले केही महिना भित्र नै नेपाल ट्रेड युनियन भन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबी समेत गरे । त्यसका लागि आवश्यक सहयोग मन्त्रालय बाट आफूले गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । नेकपा एकीकृत समाजवादी सरकारमा गएपछि स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गरे।

‘नेकपा एकीकृत समाजवादी पार्टीले सरकार सम्हाली सकेपछि यो कालमा एउटा स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएका छौँ । यो गठबन्धन सरकार हो ।’ मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, हामी मन्त्रीले चाहेर पनि सबै काम गर्न सक्दैनौँ । हामीले अहिले सशक्त उपस्थिति सरकारमा देखाएका छौँ । एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल श्रमिकहरुको नेतृत्व गर्नेछ र यसले नेपालका धेरै श्रमिकहरुको धेरै समस्या समाधान गर्नेछ ।’ मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आवद्ध भएका सदस्यहरुलाई राजनीति नभइ श्रमिकका हकहितको बारेमा सोच्न पनि आग्रह गरे ।

 

 

footer