kumari
stcnepal

चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन नेताहरुलाई आग्रह : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्धय दिनेश कोइराला र टेकबहादुर गुरुङले नेकपा मात्र होइन, एमाले समेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताएका थिए । नेकपा एक हुँदा धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै उनीहरुले भनेका थिए, ‘तालमेल नगरी चुनाव जित्न सकिन्छ ।’

शुक्रबार ६ प्रदेशका सभापतिका साथै चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका छन् । बैठकको अन्तिममा सभापति देउवाले चितवनका नेताहरुलाई जवाफ दिएका छन् । नेविसंघको सभापति भए देखि चितवनको परिस्थिति बारे आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘हामी सँगै हारेका छौं, जितेर देखाउनु पर्‍यो नि !’

 

 

 

footer