kumari
stcnepal

जनक शिक्षालाई मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो । सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोगका अधिकारीहरुले जानकारी दिए । ‘ल जनक शिक्षा सामाग्री केन्द्र तिमी कहाँ मतपत्र छाप्ने हो । मेसिन, जनशक्ति सबै कुरा तयारी हालतमा राख्नू भनेर निर्देशन दिने गरी आज आयोगले निर्णय गरेको छ’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । प्रवक्ता पौडेलका अनुसार यही चैत १६ गतेcदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ ।

आसन्न स्थानीय तहको चुनावका लागि २ करोड मतपत्र छापिनेछ । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकिएको र कागज धमाधम आउने क्रम जारी रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । ‘सात सय मेट्रिकटन कागज मध्ये साढे तीन सय मेट्रिकटन जपत आइसक्यो । अबको एक दुई दिनमा सबै कागज आइसक्छ’ उनले भने । कागज जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमै स्टोरेज गरिएको छ ।

 

 

footer