kumari
stcnepal

ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्यो

काठमाडौं । मधेश प्रदेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत ठोरीमा बसेको थियो ।

मुख्यमन्त्री लालबहादुर राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ठोरीलाई १० करोड रुपैयाँको प्याकेज सहित पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता सैलेन्द्र साहले जानकारी दिए । मन्त्री साहका अनुसार पर्यटकीय क्षेत्र र प्याकेजको घोषणा भए सँगै अब यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ ।

 

 

 

footer