kumari
stcnepal

आज के के गर्दैछन् चिनीयाँ बिदेश मन्त्रीले

काठमाडौं । तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। वाङ शनिबार बिहान हाइकिङ जाँदैछन्।

शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। शिवपुरीको हाइकिङ बाट फर्किए पछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।

वाङले परराष्ट्र मन्त्री नारायण खड्का सँग दुई पक्षीय वार्ता गर्ने छन्। शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ। यी ले काठमाडौं बाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको सुरक्षा स्रोतले बतायो। शुक्रबार साँझ नेपाल अवतरण भए सँगै उनी बत्तिसपुतली स्थित होटल द्वारिका गएका थिए।

 

footer