kumari
stcnepal

नेपाल र पीएनजी बीच दोस्रो खेल हुँदै

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजी सँग पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जित बाट चुक्यो । केही कीर्तिमान सहित जितउन्मुख भए पनि नेपाल पीएनजी सँग ६ रनल पराजित भयो । नेपालका रोहित पैडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

आजको खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ । यो दुई खेलको एकदिवसीय शृङखलामा नेपाली नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।

 

 

 

footer