kumari
stcnepal

दीपेन्द्रको शतकले पीएनजीलाई नेपालले दियो २७९ को लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ ।

दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ । नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भीम शार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए ।

मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गरेको इनिङ्समा नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले तीन ओभर भित्र दुवै ओपनरलाई गुमाएको थियो । कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोएल डक आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाई बाट क्याचआउट गराए।

पावर प्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी गरे । यसअघि शुक्रबार पीएनजी विरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

 

 

 

footer