kumari
stcnepal

चुनावमा कम्युनिष्ट पार्टीलाई मिल्न नदिन र कांग्रेसलाई जिताउनकै लागि गठबन्धन गर्नुपर्ने : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा कम्युनिष्ट पार्टीलाई मिल्न नदिन र कांग्रेसलाई जिताउनकै लागि गठबन्धन गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवा र नेता शशांक कोइराला बीच गठबन्धनको विषयलाई लिएर सवाल जवाफ भएको हो । शशांकले आगामी चुनावमा गठबन्धन गर्न नहुने धारणा राख्दै आएका छन् । सभापति देउवाले एमाले विभाजन भएकाले चुनाव जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसका नेता कार्यकर्तालाई सचेत गराए ।

माओवादी केन्द्रका अध्यक्ष चुनाव जित्नका लागि जुनसुकै बेला एमाले सँग मिल्न सक्ने र त्यसलाई रोक्नकै लागि भए पनि चुनावी गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाले बताएका थिए । ‘हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? कांग्रेस जिताउनकै लागि गठबन्धन गर्ने हो,’ देउवाले भने, ‘एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमाले सँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छन् नि जहाँ जितिन्छ त्यहीँ ? लखेटे पछि कहाँ जान्छन् ?’

एमाले विभाजन भएको भनेर कमजोर आँक्न नहुने देउवाको भनाइ थियो । कार्यक्रममा शेखर कोइरालाले चुनावमा गठबन्धन गर्दा नेपाली कांग्रेस भारतको कांग्रेस आईको अवस्थामा पुग्ने तर्क गरेका थिए । भारतको कांग्रेस आई चुनावमा विभिन्न पार्टी सँग तालमेल गर्दा कमजोर बनेको कोइरालाले बताए । कांग्रेस भित्रै आन्तरिक एकता भए पनि स्थानीय तहको चुनाव जित्ने अवस्था रहेको कोइरालाको भनाइ थियो ।

कोइरालाले चुनावमा गठबन्धन गर्न नहुने भनेपछि सभापति देउवा आक्रोशित भएका थिए ।गठबन्धन भएकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र अहिल्यै सहयात्री दलहरूलाई ‘गेट आउट’ भन्न नमिल्ने देउवाको भनाइ थियो ।

 

 

 

footer