kumari
stcnepal

पहिलो पटक नेपालमा टाइफाइड बिरूद्धको खोप लगाईने

काठमाडौं । नेपालमा पहिलो पटक टाइफाइड विरुद्ध खोप लगाइने भएको छ । १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैत देखि १८ बैशाख सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दुषित खाना वा पानीको माध्यम बाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ । अबदेखि जन्मेको १५ महिना पछि दादुरा रुबेला सँगै टाइफाइड विरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्टिय खोप तालिका अनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।

टाइफाइड जस्ता पानी जन्य रोग बाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानु अघि र दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तु बाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ ।

 

 

 

 

footer