प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिलो पटक नेपालमा टाइफाइड बिरूद्धको खोप लगाईने

572
shares

काठमाडौं । नेपालमा पहिलो पटक टाइफाइड विरुद्ध खोप लगाइने भएको छ । १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैत देखि १८ बैशाख सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दुषित खाना वा पानीको माध्यम बाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ । अबदेखि जन्मेको १५ महिना पछि दादुरा रुबेला सँगै टाइफाइड विरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्टिय खोप तालिका अनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।

टाइफाइड जस्ता पानी जन्य रोग बाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानु अघि र दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तु बाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports