kumari
stcnepal

एमाले निकट मुस्लिम संघको महाधिवेशन उद्धघाटन गर्न अध्यक्ष ओली सभागृहमा

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशन काठमाडौँमा शुरु भएको छ । महाधिवेशनको उद्दघाटन गर्न अहिले केही बेरमा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभागृह पुग्दै हुनुहुन्छ ।

उद्दघाटन समारोहमा सहभागी हुन् एमाले महासचिव शङ्कर पाेखरेल, स्थायी कमिटि सदस्य भानुभक्त ढकाल लगायतका नेताहरु भने सभागृह पुगिसकेका छन् ।

त्यस्तै, संगठनका पूर्वअध्यक्ष नजिर मिया, केन्द्रीय सदस्य साजिदा साद्दिकि, महासचिव जुनैद अन्सारी, सह ईन्चार्ज तैयब हुसैन, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी सहितका मुस्लिम नेताहरु पनि सभागृहमा छन् ।

 

 

 

footer