kumari
stcnepal

निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्दै

स्थानीय निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार करिब एक करोड ७७ लाख भन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ । दाबी विरोध पछि करिब एक लाख मतदाता सूची बाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसके पछि कुनै प्रकार बाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् ।

 

 

 

 

footer