kumari
stcnepal

चिनियाँ बिदेश मन्त्रीको नेपाल भ्रमणको आज अन्तिम दिन, राष्ट्रपति सँग को भेट लगतै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई छुटा छुटै भेटने

काठमाडाैं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज (आइतवार) महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

जसअनुसार वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन् । बिहान ९ : ३० बजे शीतल निवास पुगेर राष्ट्रपति भण्डारी सँग भेटवार्ता गर्ने उनको कार्यसूची छ । यसलगत्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

होटल मेरियटमा ओली र प्रचण्ड सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने वाङको कार्यसूची छ । शुक्रवार दिउँसो नेपाल भ्रमणका लागि आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिवार शिवपुरीमा हाइकिङ गरेका थिए । शनिवार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवा सँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट तथा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । यसपछि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रूपमा काठमाडौं बाटै उद्घाटन गरेका थिए । नेपाल भ्रमण सकेर वाङ यी आइतवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

 

 

footer