kumari
stcnepal

कांग्रेसको बैठक आज पनि बस्दै गठबन्धनको बारेमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तह बाटै कि स्थानीय तहको आवश्यकता अनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो । बैठकमा निर्वाचन घोषणापत्र बारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।

अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धन बिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । गठबन्धन बिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।

 

 

 

footer