kumari
stcnepal

चिनियाँ विदेशमन्त्री वाङ यी र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । आज चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राजधानीको  नक्साल स्थित मेरियट होटलमा विदेशमन्त्री वाङले अध्यक्ष ओलीसहितका एमाले नेताहरुसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा।राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका थिए ।

एमाले नेताहरुसँगको भेटलगत्तै विदेशमन्त्री वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।
३ दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

footer