kumari
stcnepal

दुग्ध विकास संस्थान मै कार्यरत रहेका झा महाप्रबन्धकमा नियुक्त

काठमाडौँ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई दुग्ध विकास संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सरकारले दुग्ध विकास संस्थान मै कार्यरत रहेका झालाई महाप्रबन्धक नियुक्त गरेको छ । संस्थानमा लामो समय देखि महाप्रवन्धक पद रिक्त रहेको थियो । यस अघिका महाप्रवन्धक अवकासमा गएपछि महाप्रबन्धको पद रिक्त रहेको थियो ।

त्यस्तै आज सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त रहेको केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।

footer