kumari
stcnepal

पालिका अध्यक्ष र उपमेयर सहित वडा अध्यक्ष कांग्रेस, माओवादी त्यागेर एमालेमा प्रवेश

काठमाडौं । महोत्तरीका विभिन्न स्थानीय तह बाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गरे । प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्ष हुन् । जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेस बाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डल समेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेस बाट निर्वाचित वडाध्यक्ष रामबाबु यादव समेत छन् । त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साह समेत रहेको एमालेले जनाएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरू प्रभु साह, हिक्मत कार्की, सरोज यादव लगायत सहभागी थिए ।

 

 

 

footer