kumari
stcnepal

एकै चोटी स्थानीय तहमा ५१४ कर्मचारी खटाइयो

काठमाडौं । लामो समय देखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकै चोटी ५१४ कर्मचारी खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोग बाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबार सम्म मन्त्रालयमा आएको निवेदनको आधारमा कर्मचारी खटाइएको हो । नयाँ पदस्थापना भएका र सरुवा भएका कर्मचारीहरु कामकाजमा खटाइएको पत्र इमेल बाट बुझेर सिधै स्थानीय तहमा हाजिर हुनसक्नेछन् ।

मन्त्रालयले खटाइएको कर्मचारीमा अधिकांश अधिकृत स्तरका छन् । हार्डकपीको लागि भनेर मन्त्रालयमा नआउन समेत सामान्य प्रशासनले निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहहरुमा सहमति र सम्झौता नै गरेर कर्मचारी पठाएता पनि केहि स्थानमा कर्मचारीहरु पठाउन समस्या भएको विडारीले बताए । २१ जना कर्मचारी भने हाजिर हुन नसक्ने वातावरण सिर्जना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहको प्रमुखको हस्ताक्षर नभएको सहमति पत्र, स्थानीय तहले सहमति भंग गरेको, सहमतिमा दरबन्दी रिक्त नभएको उल्ल्लेख भएको र कतै सम्बन्धित पालिकाले सहमति नै नगरेको विज्ञप्तीमा जनाइएको छ ।

 

 

 

footer