kumari
stcnepal

कस्तो रहला आजको मौसम, पानी पर्न सक्ने सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्यरुपमा परेको छ । आज बिहान प्रदेश नं १ सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । त्यस्तै प्रदेश नं १ का पहाडी भू भागहरूका थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैबीच, प्रदेश नं १ का पहाडी भू-भागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षासँगै हावा हुरीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तै तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

 

 

 

footer