kumari
stcnepal

सरकारले कपिलवस्तुमा रहेको तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा

काठमाडौं । सरकारले कपिलवस्तुमा रहेको तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासमा नेपाल रहेको छ । सोही अनुसार नेपाल सरकारले संरिक्षत स्मारक क्षेत्र घोषणा गरेको हो ।

तिलौराकोट दरबार सिद्धार्थ गौतमको जन्मथलो मानिन्छ । जहाँ उनले २९ जीवनको वर्ष बिताएका थिए । यो क्षेत्र विश्वकै ठूलो खुला संग्रहालयका रुपमा समेत दावि गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने प्रावधान रहेको छ । यसमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले यस्तो प्रयास गरिरहेका छन् ।

 

 

 

footer