kumari
stcnepal

परराष्ट्रमन्त्री खड्का कोलम्बोमा द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त छन् ।

उनले श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्ष सहित भारत, बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्री सँग बेग्ला बेग्लै भेटेका छन् । ती भेटमा द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमन सँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन बारे छलफल गरेका थिए ।

यसअघि मन्त्री खड्काले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका छन् । संगठनलाई गतिशील तुल्याउन वर्तमान चुनौती अनुरुप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए ।

 

 

 

 

footer