kumari
stcnepal

आज २२ हजार युवाहरु एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले प्रवेशका लागि १५ हजार भन्दा बढी माओवादीका पूर्वलडाकुहरु काठमाडौं आएका छन् । भक्तपुरमा आज हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गर्नुभएको छ । प्रसाईंका अनुसार आज सांकेतिक रुपमा युवाहरुलाई उत्पादन सँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन) कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको हो ।

प्रसाईंले पूर्वी नेपालका धेरै जिल्ला सहित लुम्बिनी र सुदूरपश्चिममा समेत पूर्वमाओवादीलाई एमालेमा ल्याउनुभएको छ । एमाले नेता प्रसाईं माओवादी पृष्ठभूमिकै हुनुहुन्छ । देशभरका युवाहरुलाई उत्पादन सँग जोडने र एमालेमा भित्र्याउने अभियान प्रसाईंले चलाउनु भएको छ । निर्वाचनको मुखैमा प्रसाईको पहलमा आज २२ हजार युवाहरुलाई एमाले प्रवेश गराउने प्रसाईंले बताउनु भयो ।

 

 

 

 

 

footer