kumari
stcnepal

राष्ट्रपति भण्डारीको जोन्टा क्लब अफ काठमाडौँमा सम्बोधन

काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरू बारे राष्ट्रपति महोदयलाई जानकारी गराएका थिए। बैठकमा सम्माननीय राष्ट्रपतिले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो बहुमूल्य सुझाव प्रदान गर्नुभयो।

जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक “शिक्षा, सशक्तिकरण र प्रबुद्धता” थिम सहित काठमाडौँमा सम्पन्न भएको छ। बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए। लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिँदै क्लबका कार्यक्रमहरूमा सदस्यहरूलाई संलग्न गराउने र उत्प्रेरित राख्ने तरिकाहरूबारे प्रकाश पार्नुभयो।बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । बंगलादेशका एरिया डाइरेक्टर जेडटीएन मोमताज चौधरी रअरु ८ वटा क्लबका प्रेजिडेन्टहरुले पनि बंगलादेश र नेपालमा महिला सशक्तिकरणका लागि विभिन्न क्लबहरूले गर्दै आएका परियोजनाहरू बारे संयुक्त रुपमा बताए।

उक्त क्षेत्रीय बैठकमा नेपाल, बंगलादेश, भारत र इटालीको म्द्दछ अन्तर्राष्ट्रिय बोर्ड लायाजन गरि करिब १०० जोन्टियनहरू सहभागी थिए। जोन्टा इन्टरनेशनल म्द्दछ सम्पर्क अधिकृत सुश्री फर्नान्डा ग्यालोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी सँग भेट्न र सुझावहरू प्राप्त गर्न पाउँदा आफूलाई गौरवान्वित भएको र सम्मानित महशुस भएको बताउनु भयो।
जोन्टा क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट २५मा पर्छ जहाँँ नेपाल, भारत, श्रीलंका र बंगलादेश समावेश छन्

 

 

 

footer