kumari
stcnepal

अर्थमन्त्रीको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरेका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले अर्थतन्त्रका बारेमा धेरै कोण बाट चिन्ता भइरहेको भन्दै उनले बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरेका हुन् ।

किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून् भन्ने आफूले चाहेको भन्दै उनले व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउने बताए । उनले बजेट सबैको अपनत्व हुने गरी निर्माण गरिने समेत बताए । कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्री लगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उनको भनाइ छ ।

चालु आवको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उनले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालु आवको ८ महिना ससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो । उनले व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव समेत मागेका छन् ।

 

 

 

footer