kumari
stcnepal

जुम्लामा चैत २५ देखि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गते सम्म जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले यहाँका आठ वटै स्थानीय तहका १९ महिना देखि माथि र १५ वर्ष मुनिका ती बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने उनले बताए । खोप बाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्‍याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

 

 

footer