kumari
stcnepal

मलेसियालाई ६ विकेटले पराजित गर्यो नेपालले

काठमाडौं । कसिलो बलिङ अनी आसिफ शेखको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।

ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए । लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।

मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन नसकेपनि आसिफले एक छेउ बाट इनिङ्स सम्हाल्दै नेपाललाई जित सम्म पुर्‍याए । गत बैशाखमा टीयू मैदानमै भएको त्रिकोणात्मक टी२० श्रृंखलामा नेदरल्याण्ड्स विरुद्ध डेब्यू खेलमै अर्धशतक बनाएका आसिफको यो दोस्रो अर्धशतक हो ।

 

 

 

 

footer