kumari
stcnepal

लोसपामा स्थानीय निर्वाचनको रणनीति बारे छलफल सुरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीति बारे छलफल सुरु गरेको छ ।

बुधवार पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो । बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेका जानकारी दिए ।

‘स्थानीय निर्वाचन धेरै नजिक आयो, स्थानीय निर्वाचनमा कसरी जान के गर्ने ? र अहिले सम्म हामीले के गरेका छौं ?’ उनले भने, ‘पार्टीको एक्टिभिटी त्यो सम्बन्धमा व्यापक छलफल भयो ।’नेताहरुले बोल्ने क्रम नसकिएकोले बैठक बिहीबार पनि बस्ने छ । बिहीबारको बैठकले विधान परिमार्जनको मस्यौदालाई टुंगो लगाउने उनले जानकारी दिए ।

 

 

 

footer