kumari
stcnepal

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको लागि अफिसियल बल सार्वजनिक

काठमाडौं । यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको लागि अफिसियल बल सार्वजनिक भएको छ । विश्व प्रसिद्ध खेल सामाग्री उत्पादन कम्पनी एडिडासले विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक गरेको हो ।

उक्त बललाई ‘अल रिहला’ नाम दिइएको छ । अल रिहलाको अर्थ ‘दी जर्नी’ अर्थात यात्रा भन्ने हुन्छ । अल रिहलाले कतारको अद्वितीय वास्तुकला, ‘प्रतिष्ठित’ डुङ्गाहरू र राष्ट्रिय झण्डा बाट प्रेरणा लिएर बलको डिजाइन गरिएको छ । २२औं संस्करणको विश्वकप फुटबल आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । विश्वकपका लागि अहिले सम्म आयोजक कतार सहित २७ राष्ट्र छनोट भइसकेका छन् । विश्वकपको लागि ड्र आउने शुक्रबार हुँदैछ ।

अल रिहलाले अघिल्लो विश्वकपको कुनै पनि बलको तुलनामा हावामा छिटो चल्ने र ‘खेलको मैदानमा उच्च स्तरको सटीकता र विश्वसनीयता’ प्रदान गर्ने भनिएको छ । एडिडासको फुटबल ग्राफिक्स र हार्डवियर विभागको डिजाइन निर्देशक फ्रान्जिस्का लोफेलम्यानले बलको मुख्य विशेषताहरूको सारांश यसरी प्रस्तुत गरेकी छन् । ‘खेल छिटो हुँदै गइरहेको छ, र यसको गति बढ्दै जाँदा, सटीकता र उडान स्थिरता गम्भीर रूपमा महत्त्वपूर्ण हुन्छ,’ उनले अल रिहलाको बारेमा भनिन् । ‘नयाँ डिजाइनले बललाई हावामा यात्रा गर्दा उच्च गति कायम राख्न अनुमति दिन्छ ।’

 

 

 

footer