kumari
stcnepal

६ अर्ब २८ करोड बजेट माग्न मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा चार सदस्यीय टोली सिंहदरबारमा

विराटनगर । संघीय सरकार बाट हस्तान्तरण भएका आयोजनाको काम अघि बढाउन बजेट माग गर्दै प्रदेश १ सरकारको टोली सिंहदरबार पुगेको छ । मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा चार सदस्यीय टोली सिंहदरबार पुगेको हो ।

टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, अर्थ सचिव सुमन दाहाल छन् । टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको थियो । भेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । संघबाट थप बजेट आए बहु वर्षे आयोजनाहरुको काम द्रुतगतिमा सञ्चालन हुने बताए ।

उनका अनुसार संघले हस्तान्तरण गरेका ४० वटा वहुवर्षे आयोजनाका लागि चालु आर्थिक वर्षका लागि पाँच अर्ब बजेट माग गरिएको छ । बेमौसीको वर्षा पछि आएको बाढीले क्षतिग्रस्त भएका संरचना मर्मतका लागि थप एक अर्ब २८ करोड रुपैयाँ माग गरिएको छ । संघले हस्तान्तरण गरेको सडक, सिँचाई, खानेपानी र सहरी विकास परियोजना मध्ये ४० वटा वहु वर्षे आयोजनाका लागि थप बजेट माग गरिएको उनले बताए । प्रदेशले बजेट विनियोजन गरेपनि अपुग भएको उनको भनाइ छ । प्रदेश १ ले चालु आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

 

 

footer