kumari
stcnepal

लोकसेवाले तीन डीआईजीको बढुवा सिफारिस सदर गर्यो

काठमाडौं । लोकसेवा आयोगले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ । यस सँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

तर वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

 

 

footer