kumari
stcnepal

गोरखापत्रको महाप्रबन्धकमा ऐरी र न्यूनतम पारिश्रमिक समितिको अध्यक्षमा खड्का नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । मन्त्रि परिषद्को आजको बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका हुन् ।

त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध छिन् ।

footer