kumari
stcnepal

गैरआवासीय संघका नव निर्वाचित पदाधिकारीहरुले नेता पौडेल सँग भेटवार्ता

काठमाडौं । गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन् ।

पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्य सहितका पदाधिकारीहरु पुगेका थिए । त्यस अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए ।

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका एनआरएनएका पदाधिकारीहरुले सबै सँग पशुपतिमा वृद्धाश्रम निर्माणका लागि जग्गा उपलव्ध गराईदिन, गैर आवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए डेस्क स्थापना गर्न माग गर्दै आएका छन् ।

जवाफमा वरिष्ठ नेता पौडेलले सत्तारुढ गठवन्धन एनआरएन प्रति सकारात्मक रहेको बताए । साथै उनले समस्याका बाबजुत पनि एनआरएनलाई एक बनाएर अघि बढाएकोमा धन्यवाद दिँदै अब काम गरेर देखाउन आग्रह गरे । उनले मातृभूमिको विकासमा गैरआवासीयको योगदान हुनु पर्ने बताए ।

 

 

 

footer