kumari
stcnepal

सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरे

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

बैठकपछि पत्रकार सित कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको बताए । तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ । ‘समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहको स्थितिका बारेमा प्रतिवेदन दिन्छ’, कार्कीले भने, ‘त्यसपछि प्रतिवेदनका आधारमा तालमेल हुन्छ ।’

कार्कीले राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’ बैठकले महानगरपालिकाको उम्मेद्वारी बारे निर्णय केन्द्र बाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।

footer