kumari
stcnepal

एनआरएनएको पहिलो निर्णय नै अलपत्र

काठमाडौँ । विश्वभरमा छरिएर रहेका नेपालीहरुलाई एउटै छातामुनी ल्याउन गठन गरिएको गैर आवासीय नेपाली संघ( एनआरएनए) विभाजित भएको छ । गैर आवासीय नेपाली संघमा पनि राजनीतिक पसेको हुनाले संघ विभाजित भएर दुई पक्षले अलग —अलग महाधिवेशन सम्पन्न गरेका छन् ।

होटल हिमालयनमा भएको महाधिवेशनले विधान नै संशोधन गरेर ३ जना अध्यक्षको व्यवस्था गरेको छ । जसमा ६ /६ महिनाका लागि कुल आर्चाय, बद्री केसी र रविना थापालाई अध्यक्ष वनाउने निर्णय गरेको छ भने याक एण्ड यतिमा भएको महाधिवेशनले विनोद कुवँरलाई अध्यक्षमा चयन गरेको छ ।

हिमालयन होटलमा सम्पन्न भएको महाधिवेशनवाट निर्वाचित कार्यसमितिको पहिलो बैठकवाट निर्णय गर्दै पशुपति क्षेत्रमा एक सय वेडको वृद्धाआश्रम वनाउने निर्णय गरेकोमा उक्त निर्णय पश्चात एक प्रतिनिधिमण्डल गत चैत्र १६ गते शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई भेट्न पुगेको थियो ।

उनीहरुले आफ्नो पहिलो प्रस्ताव मन्त्री झाक्रीसँग राखेपछि मन्त्री झाक्रीले त्यो प्रस्ताव अस्वीकार गरीदिएपछि प्रतिनिधिमण्डमा गएका व्यक्तिहरुको अनुहार हेर्न लायक रहेको थियो ।

आफ्नो पहिलो निर्णय नै अलपत्र परेपछि उनीहरु चु सम्म बोल्न नसकेको मन्त्रालय स्रोतले दावी गरेको छ । राजनीति हस्ताक्षेपले गर्दा गैर आवासीय नेपाली संघ आफ्नो स्थापनकाल पछि अहिले सबै भन्दा अव्यवस्थित अवस्थामा पुगेको छ । संस्थापन इतर पक्षलाई नेकपा (माओवादी केन्द्र) ले अध्यक्षले सहयोग गरेको रहस्य समेत खुलेको छ ।

footer