kumari
stcnepal

प्रधानमन्त्री देउवा भारत भ्रमणको एजेण्डा बारे सोध्दा मौन बसे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो ।

चुनावी तालेमल बारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डा बारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए । तर पटकपटक एजेण्डा बारे सोध्दा पनि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए ।

त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभाग बारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्या बारे पनि भारतीय पक्ष सँग सम्वाद गर्न नेताहरुले सुझाएका छन् ।

 

footer