kumari
stcnepal

नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन् ।

बिहीवार रिपोर्टस क्लवको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले विश्व राजनीति सँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारत बीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । ‘पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीतिक बदलिँदो छ, विश्व राजनीति सँगै भूराजनीति बदलिँदो छ,’ उनले भने, ‘एउटा नयाँ शीतयुद्धको छायाँ प्रतिछायाँ मडारिँदै छ ।’

नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनु पर्नेमा जोड दिए । ‘हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने । हामीले समयमा नै वुद्धि पुर्‍याउँदा शताकौँ पछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसाबले, राजनीतिक हिसावले, सांस्कृतिक हिसावले राम्रो बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि राष्ट्रिय समझदारी बनाउनु पर्नेमा उनले जोड दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रलाई अझै पनि ठिक ढंगले पूर्णता दिन नसकेको बताए ।पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगए सम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबीसमेत उनले गरे । पूर्व प्रधानमन्त्री भट्टराईले देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभइ पूँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नु पर्ने बताए ।

 

 

 

footer