kumari
stcnepal

शिक्षामा आफूहरुले गरेको लगानीको सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्न प्याब्सनको माग

काठमाडौं । निजी विद्यालय सञ्चालकले शिक्षामा आफूहरुले गरेको लगानीको सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्न माग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को हालै निर्वाचित नयाँ कार्यसमितिले बिहीबार पत्रकार सम्मेलन गरी कानुन मार्फत शिक्षामा निजी क्षेत्रको लगानी सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्न माग गरेको हो । प्याब्सनले कोभिड–१९ तथा अन्य प्राकृतिक प्रकोप बाट प्रभावित निजी विद्यालय पुनर्उत्थानका लागि वित्तीय सहायता उपलब्ध गराउन पनि माग गरेको छ । उसले निजी विद्यालयमा पढ्ने बालबालिका माथि छात्रवृत्तिमा विभेद भइरहेको भन्दै त्यसलाई हटाउन पनि माग गरेको छ ।

प्याब्सनको ९ र १० चैतमा भएको महाधिवेशनले डीके ढुंगानाको अध्यक्षमा आगामी तीन वर्षका लागि ८९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पत्रकार सम्मेलनमा सरकारले आयोजना गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण, तालिम, गोष्ठी, सेमिनार तथा पाठ्यक्रम निर्माण जस्ता क्रियाकलापमा निजी विद्यालयको प्रतिनिधित्व गराउन पनि माग गरिएको छ ।

 

 

 

footer