kumari
stcnepal

लोसपाले स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टी सँग गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानिय पार्टी समितिलाई अधिकार दिइएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।

गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उनले उल्लेख गरे ।उनले भने, ‘अहिले हामीले कुनै खास दल सँग गठबन्धन गर्दैनौँ । आफ्नो जिल्लाले, प्रदेशले र स्थानीय गाउँपालिका, नगरपालिकाले आवश्यकता र औचित्य हेरी उसले गठबन्धन गर्न पाउने उसलाई निर्णय हामीले गर्‍यौँ । को सँग, कहाँ, कसरी गर्ने हो ? त्यो जिम्मेवारी लोकललाई नै दियौँ । त्यसको अनुगमन प्रदेश र जिल्ला समितिले पनि गर्छ ।’ बैठकले पार्टीको विधानलाई परिमार्जन सहित पारित गरेको छ ।

 

 

 

footer