kumari
stcnepal

कस्तो रहला आजको मौसम, पानी पर्न सक्ने

हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।


राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शनिबार प्रदेश १,बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

footer