kumari
stcnepal

गठवन्धनकारीले जनतालाई भेडाबाख्रा सम्झिए

काठमाडौँ । नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनमा गठवन्धन नै गर्ने निर्णय गरेको छ । सत्ताघटक दलहरु वीचमा गठवन्धन नै गरेर निर्वाचनमा गएको खण्डमा राम्रो परिमाण ल्याउन सक्ने आकलन काग्रेसले गरेको छ । सत्ता गठवन्धनमा रहेका दलहरु नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र सत्ता गठवन्धनबाट वाहिरिएको राष्ट्रिय जनमोर्चा वीचमा गठवन्धन हुने भएको छ । प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीचमा स्थानीय तहको निर्वाचनका लागि उच्चस्त्तरीय संयन्त्र वनाउने छलफल भई रहेको वेला काग्रेसको केन्दीय समितिको वैठकमा संयन्त्रका बारेमा प्रश्न उठेको थियो ।

कागेसले चुनावी अभियानका लागि ७७ वटै जिल्लमा केन्द्रीय प्रतिनिधिहरु खटाएको थियो । सबै प्रतिनिधिहरुले पार्टीभीत्र विश्वासको वातावरण वनाएर तालमेल गर्नु पर्ने वताएका थिए । तालमेल भएपनि साझा उम्मेदवारलाई मतदान हुने गरी संयन्त्र वनाउन कठीन हुने उनीहरुको राय थियो । तालमेल भएपनि साझा उम्मेदवारलाई गठवन्धनको भोट सहजरुपमा साटफेर गर्ने संयन्त्र कसरी वनाउने भन्नेमा नै प्रश्न उठेको छ । एउटा पार्टीका समर्थनले अर्को पार्टीका उम्मेदवारलाई भोेट दिन सक्ने वातावरण मिलाउन गठवन्धनलाई फलामको च्यूरा चपाउनु सरह हुन सक्छ । गठवन्धनको एउटै उद्देश्य हो जसरी भएपनि नेकपा एमालेलाई पराजित गर्नु । एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा नेकपा एमाले नै विजयी हुने ठहर गर्दै सत्ता गठवन्धन गर्ने निर्णय गरेपनि तल्लो तहमा त्यो निर्णय लागु हुन सक्ने सम्भावना निकै कम रहेको छ । गठवन्धनलाई बलियो बनाएर विश्वासको वातावरण गर्न नसकिएको खण्डमा गठवन्धनलाई नराम्रो असर पर्न सक्ने सम्भावना रहेको छ ।

संघीय ससद हुदै प्रदेशसभामा समेत प्रमुख विपक्षी दल रहेको नेकपा एमालेलाई हराउन सत्ता गठवन्धनले सबै प्रकारका हथकण्डा अपनाउन सक्ने डर नेकपा एमालेलाई रहेको छ । काग्रेस र माओवादी वीचमा पटक ÷पटक गठवन्धन भए पनि व्यवस्थित तवरले गठवन्धन हुन नसकेको र एउटा पार्टीका समर्थनहरुले अर्को पार्टीका उम्मेदवारलाई मतदान गनुर्क पर्ने अवस्था सिर्जना भए उनीहरुले गठवन्धन बाहेककै उम्मेदवारलाई मतदान गर्नु सक्छन् ।

सत्ता गठवन्धनले आ आफ्नो पार्टीका कार्यकर्ता र समर्थनहरुलाई भेडाबाख्रा सम्झिएर आफूहरुले दिएको आदेश स्वीकार गर्न उनीहरुलाई वाध्य पार्ने रणनिति लिएको हुनाले गठवन्धनमा रहेका दलहरु वाहेक कै दलका उम्मेदवारलाई मतदान गरेर गठवन्धनलाई विफल तुल्याईदिनु स्वाभिमानी कार्यकर्ता र जनताको दायित्व र कर्तव्य हो । जनता भनेका भेडाबाख्रा होइनन् जता घाँस देखायो त्यतै गइहाल्ने । गठवन्धनकारी यो बुझ्न आवश्यक रहेको छ । आफुले मन पराएका आफ्नो समर्थनकर्तालाई मतदान गर्न नपाएको अवस्थामा जनता अर्को पार्टीका उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र रहेका छन् । गोप्य मतदान हुने भएकाले उनीहरुले जसलाई पनि मतदान गर्न सक्छन् ।

footer