kumari
stcnepal

सहयोगी दललाई देउवाको साङ्ग्लो

काठमाडौं । गिरिजालाई जसरी भ्रमित पारेर लाभ लिन सकिन्छ भन्ने प्रचण्डलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले साङ्ग्लो नीति अख्तियार गरेको देखिदै छ । आवश्यकता अनुसार गठबन्धन हुन्छ भन्ने नीति लिएपछि प्रचण्ड, माधव नेपालहरू सशंकित बन्न पुगेका छन् ।

देउवाको दुईधारे नीतिमा देखिन्छ, उनी फेरि प्रधानमन्त्री बन्न चाहन्छन् । यसैका लागि उनले प्रकाशमान र विमलेन्द्र निधिलाई गुमराहमा पारेका छन् । रामचन्द्र पौडेललाई भावी राष्ट्रपति बनाइदिने चास्नी चटाएका छन् । प्रचण्ड पुत्री रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा समर्थन गर्ने वचन दिएका छन् । माधवकुमार नेपालको केपी ओलीलाई हराउनै पर्ने इच्छालाई सघाउने आश्वासन दिएका छन् ।

चुनाव जित्ने चाहना र ओलीलाई हराउने इच्छा सबैमा छ । योभन्दा ठूलो कुरा देउवालाई शक्तिशाली बन्ने महत्वाकांंक्षा जागेको छ । तर जति जति निर्वाचन नजिकि दै जानेछ, त्यति त्यति गठबन्धनमा कांग्रेसले प्रचण्ड र माधव नेपाललाई साँघु¥याउने निश्चित छ । त्यो अवस्थामा निर्वाचन कांग्रेस विरुद्ध एमालेमात्र हुनेछ ।यसपल्ट प्रचण्ड र माधव नेपाललाई देउवाले चकमा दिने सम्भाबना छ भन्छन् कांग्रेसका विश्लेषकहरु ।

footer