kumari
stcnepal

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

 

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ । सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो ।
४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार नै खुवाइएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए ।
भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ ।
अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ ।
जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १÷१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।

footer