kumari
stcnepal

वीरगञ्जमा गाडीको डिकी भित्र ३० केजी गाँजा बरामद

वीरगञ्ज। सशस्त्र प्रहरीले गाडीको डिकी भित्र लुकाएर लैजाँदै गरेको लागु औषध ३० केजी गाँजा बरामद गरेको छ ।

पर्साको वीरगञ्‍ज महानगरपालिका-२० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी बाट खटिएको टोलीले बिहीबार राति ९:४५ बजे उक्त लागुऔषध गाँजा नम्बर प्लेट नभएको गाडिको डिकी बाट बरामद गरेको हो ।

टाटा इन्डिका गाडिको डिकी भित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

 

 

footer